अनिल मण्डल शतक प्रहार गर्ने पाँचौ नेपाली क्रिकेटर

अनिल मण्डल नेपाली सिनियर क्रिकेटमा शतक प्रहार गर्ने पाँचौ क्रिकेटर बनेका छन् । मलेशियामा जारी आईसीसी वल्र्ड क्रिकेट डिभिजन फोरमा डेनमार्कविरुद्ध मण्डलले १ सय ३४ बलमा ४ छक्का र ८ चौकको मदतमा १ सय १३ रन बनाए ।
उनी मात्र ३ रनले नेपाली सिनियर क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान बनाउन चुके । यसअघि सुवाष खकुरेल, शक्ति गौचन, राजु शाह, शरद भेसवाकरले शतक बनाएका छन् । सिनियर क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान भने सुवाषको नाममा छ । शुक्रबार अमेरिकाविरुद्धको खेलमा सुवाषले १ सय १५ रनको राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

5 comments

  1. parkashchhetri says:

    Well DOne Anil Mandal

  2. kamal says:

    good job anil

  3. neraj says:

    raju shsh or raju khadka?? raju khadka has scored 100 v/s Bhutan hoina ra??

Leave a Reply

Your email address will not be published. Required fields are marked *